Online Nepal
  • सोमबार, २४ बैशाख २०८१
  • हङकङमा बिल्डिङबाट नेपाली दिदी-बहिनी खस्दा दिदीको मृत्यु

    हङकङमा बिल्डिङबाट नेपाली दिदी-बहिनी खस्दा दिदीको मृत्यु

    अनलाइन नेपाल
  • सोमबार, २४ चैत्र २०७६
  • 3.1K
    SHARES

    फाइल फोटो

    हङकङ। कोरोना भाइरसको संक्रमणबाट बच्न सबै जन घर-घरमा नै बस्दै आएका छन्। तर, हङकङको मोङककस्थित एक बिल्डिङबाट आइतबार साँझ नेपाली दिदिबहिनी खसेपछि आश्चर्य मानिएको छ ।  उनीहरूमध्ये दिदिको मृत्यु भएको हङकङका  सञ्चार माध्यमले जनाएका छन्।

    प्रहरीका अनुसार ४० वर्षीय दिदि गर्भवती थिइन। अस्पतालमा आपतकालीन अप्रेसनपछि उनले बच्चालाई जन्म दिएको अस्पताल स्रोतलाई उधृत गर्दै हङकङको एक अनलाइनले जनाएको छ। बच्चालाई जन्म दिएपछि ४० वर्षीय ती महिलाको मृत्यु भएको सोमबार बिहान अस्पतालले पुष्टि गरेको छ।



    बिल्डिङबाट सँगै खसेकी २७ वर्षीय बहिनी भने सकुशल रहेको र अस्पतालमा उपचार भइरहेको जनाइएको छ।
    आइतबार साँझ करिब ७ बजे मोङककको रिक्लामेसन स्ट्रिटस्थित बिल्डिङबाट खसेका थिए। त्यहा उनीहरू डेरामा बस्दै आएका थिए ।



    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार