Online Nepal
  • सोमबार, २४ बैशाख २०८१
  • नेपालीको आकर्षक गन्तव्य हङकङमा किन हुन्छन् यस्ता घटना ?

    नेपालीको आकर्षक गन्तव्य हङकङमा किन हुन्छन् यस्ता घटना ?

    अनलाइन नेपाल
  • शनिबार, २९ चैत्र २०७६
  • 2.2K
    SHARES

    हङकङ। नेपालीको आकर्षक गन्तव्य बनेको हङकङमा केही खराब व्यक्तिका कारण नेपालीहरुकै बदनाम हुने खतरा बढेको छ। हङकङमा ३० हजार हाराहारीमा नेपाली वैधानिक रुपमा बसोबास गरिरहेका छन् ।

    बसोबास गर्ने नेपालीहरुको मुख्य रोजगार निर्माण क्षेत्र, सुरक्षा गार्ड, रेष्टुरेण्ट,क्लब, होटल र अन्य रहेको छ । त्यसमध्य पनि निर्माण क्षेत्रमा बढी जनशक्ति कार्यरत छ । ५४ प्रतिशत नेपाली जनशक्ति सुरक्षा गार्ड, रेष्टुरेण्ट, होटल, सरसफाई र अन्य क्षेत्रमा कार्यरत छन् ।



    अहिले कोरोना महामारीको बेला एक सातामै हङकङमा नेपालीले घटाएको दुई घटनाले चर्चासंगै बदनाम पनि भएको छ। हङकङमा दुई नेपाली महिलाले घरबाट हामफाल्दा एक गर्भवती महिलाको मृत्यु भएको खबरले केही दिन अघि सनसनी मच्चियो ।



    उनीहरु मङ कोकको रिक्लेमेसन स्ट्रीटस्थित पुरानो भवनबाट भाग्ने प्रयास गर्दा दुर्घटना भएको र क्वाङ वाह अस्पताल लगेपछि गर्भवती महिलाले समयपूर्व बच्चा जन्माएको खबरले झनै चर्चा पायो ।

    तर, त्यो चर्चा भन्दा बदनाम अर्को खबर आयो, लागू औषध कारोबार गर्ने उनीहरु प्रहरीलाई देखेपछि पक्राउ पर्ने डरले अपार्टमेन्टबाट भाग्ने क्रममा हाम्फालेका थिए। प्रहरीले उनीहरूको अपार्टमेन्टबाट १६ सय डलर बराबरको हेरोइन र अन्य लागू औषध बरामद गरेको छ। प्रहरीले घटनाबारे अनुसन्धान गरिरहेको जनाएको छ।

    त्यस्तै, हङकङमा गहना पसल लुटपाट गरेको अभियोगमा पाँच नेपाली र एक पाकिस्तानी गरी ६ जना पक्राउ परेको अर्को खबर सार्वजनिक भयो । युन लङको काउ युक रोडस्थित ताई सुन गहना पसल लुटेको अभियोगमा १५ वर्षदेखि ४५ वर्ष उमेरका नेपाली र पाकिस्तानीमूलका छ जना पक्राउ परेका थिए ।

    पक्राउ परेकामध्ये दुई विद्यार्थी, एक निर्माण क्षेत्रमा काम गर्ने श्रमिक र ३ बेरोजगार व्यक्ति रहेको प्रहरीले जनाएको थियो। प्रहरीले उनीहरुबाट लागू औषध, हतियार र परिमार्जित बन्दुक बरामद गरेको जनाएको छ। गत मार्च ३ तारिख हातियारधारी समूहले पसलबाट ६ लाख डलर बराबरको गहना लुटपाट गरेका थिए।

    दुई बर्ष अघि पनि हङकङमा एक नेपाली युवक ३५ लाख हङकङ डलर (करिब पाँच करोड रुपैयाँ) बराबरको प्रतिबन्धित लागुपदार्थ कोकिन तस्करी गरेको आरोपमा पक्राउ परि मुद्दा खेपेका थिए।  हङकङको कानूनअनुसार प्रतिबन्धित लागुपदार्थको ओसारपसार गर्नेलाई पचास लाख हङकङ डलर जरिवाना र जन्मकैद हुने व्यवस्था छ ।

    हङकङमा निर्माण क्षेत्रमा करोडौ लगानी गरी रोजगारी दिने इज्जत भएका देखी भिआइपी रेस्टुरेन्ट क्लब सन्चालन गरी चिनियाहरुलाई नै रोजगारी दिने नेपालीहरु पनि छन्। तर, यस्ता खालका खराब घटना रोकिएनन् भने नेपालीहरुकै बदनाम हुने खतरा रहने एक व्यवसायी वताउँछन्।

    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार