Online Nepal
  • शुक्रबार, १४ बैशाख २०८१
  • लकडाउनमा नौलो भएछ काठमाडौं (फोटो फिचर)

    लकडाउनमा नौलो भएछ काठमाडौं (फोटो फिचर)

    अनलाइन नेपाल
  • सोमबार, १५ बैशाख २०७७
  • 6.6K
    SHARES

    सर्वाेच्च अदालत परिसर

    काठमाडौं । चीनको वुहानबाट शुरु भएको कोराना भाइरस (कोभिड–१९) को महामारीका कारण विश्व नै यतिबेल संकटग्रस्त अवस्थाबाट गुज्रिरहेको छ ।

    नेपालमा पनि कोरोनाको संक्रमण दिन दिनै बढिरहेकै छ । आजसम्म नेपालमा ५२ जना कोरोना संक्रमित भेटिएका छन् भने १६ जना निको भएर घर फर्केका छन् ।



    लकडाउनकै बेला पुतलीसडकमा ढल राखिंंदै ।

    सरकारले कोरोना संक्रमण फैलन नदिनका लागि चैत ११ गतेदेखि नै लकडाउन गरेको छ । पछिल्लो पटक थपिएको लकडाउन आजबाट समाप्त हुँदैछ । तर, हिजो बसेको मन्त्रीपरिषद् बैठकले थप १० दिन लकडाउन गर्ने निर्णय गरिसकेको छ । यो निर्णयसँगै अब २५ गतेसम्म लकडाउन हुने भएको छ ।



    ३४औं दिनसम्म आइपुग्दा धेरै उपत्यकाबासीका लागि काठमाडौं नै नौलो जस्तो भइसक्यो । त्यसैले हामीले काठमाडौंबासीलाई मात्र नभई सम्पूर्ण देशबासीलाई नै राजधानीको वर्तमान अवस्थाको बारेमा जानकारी गराउन फोटो फिचर तयार परेका छौं ।

    सुनसान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल ।
    माइतीघर तिनकुने सडकखण्ड ।
    ललितपुरस्थित ग्यार्काे चाेक ।
    दरबारमार्ग ।
    चावहिल चाेकमा गाउँ जान बस कुरिरहेका यात्रुहरू ।
    सुनसान नयाँ बसपार्क ।
    बानेश्वर चाेक ।
    कलंकी चाेक ।
    देशकै सबैभन्दा ठूलाे तरकारी बजार कालिमाटी तरकारी बजारकाे गेट र सडकमै पार्किङ गरिएका उपभाेक्ताका सवारी साधनहरू ।
    लकडाउनमा भिडभाड कालीमाटी तरकारी बजार ।
    महाराजगञ्ज चाेकमा हात धुनका लागि राखिएकाे पानी ।
    महाराजगञ्ज चक्रपथ चाेक ।
    लकडाउनकै बेला रङ लगाउँदै ।
    स्वयम्भु चाेक ।
    सिंहदरबारकाे मुख्यद्वार ।
    सहिदगेट ।

     

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार