Online Nepal
  • बुधबार, २६ बैशाख २०८१
  • कोरोनाको हटस्पटमा परीक्षणका लागि नेपाली सेनाको टोली परिचालन

    कोरोनाको हटस्पटमा परीक्षणका लागि नेपाली सेनाको टोली परिचालन

    अनलाइन नेपाल
  • बिहिबार, २५ बैशाख २०७७
  • 2K
    SHARES

    काठमाडौं । कोरोना भाइरस (कोभिड -१९) को संक्रमित संख्याको आधारमा हटस्पटका रुपमा देखिएका ठाउँमा नमूना संकलनका लागि नेपाली सेनाको टोलीलाई परिचालन गरिएको छ।

    स्वास्थ्य मन्त्रालयको नियमित पत्रकार सम्मलेनमा प्रवक्ता विकास देवकोटाले कोरोना संक्रमणको हट स्पट रहेका उदयपुर, नेपालगञ्ज र वीरगंजमामा कम्तिमा २५०० जनाको नमुना संकलन गर्ने गरि जनसक्ति परिचालन गरिएको बताए ।



    उदयपुरमा कम्तीमा ५ सय, नेपालगञ्ज र वीरगंजमा कम्तीमा एक/एक हजार जनाको नमूना संकलन गर्नेगरी टोली खटाइएको हो।



    वीरगंजमा बुधवार मात्रै २ महिने शिशुसहित १७ जनामा कोरोनाको संक्रमण देखिएको थियो। नेपालगञ्जमा २३ जनामा संक्रमण देखिएको छ भने उदयपुरमा २८ जना संक्रमित छन्।

    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार