Online Nepal
  • शुक्रबार, २८ बैशाख २०८१
  • यी हुन् आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम

    यी हुन् आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम

    अनलाइन नेपाल
  • शुक्रबार, २ जेष्ठ २०७७
  • 2.2K
    SHARES

    काठमाडौं- सरकारको तर्फबाट राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार संघीय संसदको संयुक्त बैठकमा आर्थिक वर्ष २०७७/७८ को नीति तथा कार्यक्रम प्रस्तुत गरेकी छन्।

    समृद्ध नेपाल सुखी नेपालीको राष्ट्रिय आकांक्षा पूरा गर्न कोरोना महामारीका कारण परेको सामाजिक र आर्थिक प्रतिकुलतालाई सम्बोधन गर्दै सरकारले देहाय बमाजिमका रणनीतिक पक्षहरुलाई ध्यानमा राखी आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम ल्याइएको नीति तथा कार्यक्रममा उल्लेख छः



    १. विश्व अर्थतन्त्रको संरचना परिवर्तन हुन सक्ने, मित्र राष्ट्र तथा दातृ निकायको स्रोत साधनको क्षमता प्राथमिकता र क्षेत्र फरक हुन सक्ने भएका कारण आन्तरिक श्रोत परिचालन गर्ने।



    २. अधिकांश मुलुकहरुको आर्थिक वृद्धिदर ऋणात्मक हुने र अर्थतन्त्र जोखिममा रहेको अवस्थामा पनि नेपालको अर्थतन्त्रलाई सुदृढ बनाउने।

    ३. आर्थिक क्रियाकलाय, रोजगारी सिर्जना, कृषि क्षेत्र, विकास निर्माण कार्य र सामाजिक जनजीवनमा थप क्षति हुन नदिई त्यस्ता गतिविधि सुचारु गरी तिव्रता दिने।

    ४. आर्थिक उपलब्धि र विकासका प्रतिफलहरुको समन्यायिक वितरण गर्ने।

    ५. स्वास्थ्य, शिक्षा, लैंगिक समानता, एवं अन्य सामाजिक तथा सांस्कृतिक क्षेत्रका कार्यक्रमहरु संचालन र गुणस्तरीय सेवा प्रवाह गरी स्वस्थ, शिक्षित, न्यायपूर्ण र गतिशील सामाजिक जीवनको स्थापना गर्ने।

    ६. समग्र सन्तुलित विकासका लागि सरकारले सुरु गरेका रुपान्तरणकारी क्षेत्रगत र राष्टियस्तरका आयोजनाहरु तोकिएको लागत र समयमा सम्पन्न गर्ने।

    ७. कार्यक्रम तथा आयोजनाहरुको पूर्ण प्राथमिकीकरण गर्ने, फजुल खर्च कम गर्ने, वित्तीय अनुशासन कायम गर्ने, उत्पादनशील तथा रोजगारीका क्षेत्रमा लगानी केन्दित गर्ने।

    ८. अन्तराष्ट्रिय श्रम बजार संकुचित भई रोजगारी गुम्ने भएका कारण स्वदेशमा रोजगारी सिर्जना गरी आत्मनिर्भर अर्थतन्त्रको विकास गर्ने।

    ९. भष्टाचार निवारण, सेवा प्रवाहमा सुधार, शान्ति सुव्यवस्थाको सुदृढिकरण र सुशासन प्रबर्द्धन गर्ने।

    १०. नेपाललाई कोभिड १९ मुक्त बनाउन आवस्यक स्वास्थ्य सामाग्री तथा श्रोत साधनको व्यवस्था गर्ने।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार