Online Nepal
  • मंगलबार, १८ बैशाख २०८१
  • प्रधानसेनापतिको दार्चुला भ्रमणपछि जङ्गीअड्डामा सुरक्षा बैठक

    प्रधानसेनापतिको दार्चुला भ्रमणपछि जङ्गीअड्डामा सुरक्षा बैठक

    अनलाइन नेपाल
  • आइतबार, ७ असार २०७७
  • 4.5K
    SHARES

    काठमाडौं।  प्रधानसेनापति पूर्णचन्द्र थापाले भारतसँग सीमा जोडिएको दार्चुला जिल्लाको भ्रमणगरेलगत्तै  पृतनापतिहरूसँग समन्वय बैठक गरेका छन् । राष्ट्रिय सुरक्षाकै बिषयमा  शुक्रबार र आइतबार जंगी अड्डामा बैठक बसेको हो।

    जंगी अड्डामा भएको पृतना बैठकमा  राष्ट्रिय सुरक्षा वातावरणको समिक्षा तथा भविष्यमा आउन सक्ने चुनौतीलगायत परिस्थितिजन्य विषयका सम्बन्धमा प्रस्तुतीकरण र छलफल भएको वताइएको छ ।



    त्यस्तै कोभिड– १९ महामारी, रोकथाम, प्रतिकार्य र नियन्त्रणलगायतका विषय, आर्थिक वर्ष सम्पन्न हुन लाग्दा पृतनापतिहरूबाट कमाण्ड प्रतिबद्धता, राष्ट्रिय सुरक्षा वातावरणबारे समीक्षा भएको छ ।



    प्रधानसेनापति पूर्णचन्द्र थापा र संशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनाल ३ असारमा दार्चुला सदरमुकाम हुँदै सशस्त्रको हालै स्थापित बोर्डर आउटपोस्ट छाङरू भ्रमणमा गएका थिए ।

    सुदूरपश्चिम पृतनापति तथा सुरक्षा प्रमुखसहितको भ्रमणका वेला प्रधानसेनापति थापाले कालापानी क्षेत्रमा भएका पछिल्ला घटनाक्रमबारे ब्रिफिङ लिएका थिए ।

    बैठक समापनको अवसरमा आइबार प्रधानसेनापति थापाले नेपालको स्वतन्त्रता, स्वाधीनता, सार्वभौमिकता र भौगोलिक अखण्डतालाई अक्षुण्ण राख्दै आफ्नो संवैधानिक दायित्व निर्वाह गर्न सेना सदाझैँ प्रतिबद्ध रहेको बताएका थिए ।

    प्रधानसेनापति थापाले राष्ट्रिय, क्षेत्रीय र अन्तर्राष्ट्रिय सुरक्षा वातावरण र त्यसले राष्ट्रिय सुरक्षाका विविध पक्षहरूमा पार्ने प्रतिकूल प्रभाव र असरहरूको सूक्ष्म अध्ययनको बारेमा छलफल गरेका थिए ।

    बैठकमा प्रधानसेनापति थापाले पद्धति र प्रणालीमा आधारित संगठन निर्माणमा लाग्न सबैलाई निर्देशन दिएका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार