Online Nepal
  • आइतबार, २३ बैशाख २०८१
  • बढ्दै काठमाडौंमा कोरोना संक्रमण, थप २७ संक्रमित भेटिए

    बढ्दै काठमाडौंमा कोरोना संक्रमण, थप २७ संक्रमित भेटिए

    अनलाइन नेपाल
  • आइतबार, २१ असार २०७७
  • 3.3K
    SHARES

    काठमाडौं । काठमाडौंमा आईतवार थप २७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

    स्वास्थ्य मन्त्रालयका अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौंमा गरेको स्वाब परीक्षणका क्रममा काठमाडौंका ५ जनामा कोराना संक्रमण पुष्टि भएको छ ।



    त्यस्तै वीर अस्पताल काठमाडौंमा भएको परीक्षणका क्रममा काठमाडौंका एक जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।



    त्यस्तै त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जमा काठमाडौंका २१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

    योसहित काठमाडौंमा आज एकैपटक २७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । लकडाउन केहि खुकुलो भएसंगै काठमाडौंमा कोरोना संक्रमणको दर दिननुदिन बढिरहेको छ ।

    मन्त्रालयका अनुसार ललितपुरमा २ जना र भक्तपुरमा १ जनामा पनि कोरोना संक्रमण देखिएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार