Online Nepal
  • आइतबार, २३ बैशाख २०८१
  • शनिबार थपिएका ७० जना काेराेना संक्रमित कुन-कुन जिल्लाका ?

    शनिबार थपिएका ७० जना काेराेना संक्रमित कुन-कुन जिल्लाका ?

    अनलाइन नेपाल
  • शनिबार, २७ असार २०७७
  • 2.1K
    SHARES

    काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा पछिल्लो २४ घण्टामा ७० जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ ।

    मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार २५ वटा प्रयोगशालामा विगत २४ घण्टामा ३ हजार ६ सय ४८ जनाको पिसिआर विधिबाट परीक्षण गर्दा जम्मा ७० जनामा संक्रमण पुष्टि भएको हो । योसँगै संक्रमितको संख्या १६ हजार सात सय १९ पुगेको छ ।



    विगत पाँच दिनकाे तथ्यांक हेर्ने हाे भने नेपालमा काेराेना संक्रमितकाे संख्या घट्दै गइरहेकाे देखिन्छ । सोमबार १८०, मंगलबार २०४, बुधबार २५५, बिहीबार १०८ र शुक्रबार १०८  जना संक्रमित भएकाेमा आज जम्मा ७० जनामा मात्र काेराेना पुष्टि भएकाे हाे ।



    मन्त्रालयका अनुसार धनकुटा, भोजपुर, सोलुखुम्बु, मुस्ताङ, मनाङ र हुम्लामा कोरोना संक्रमण शून्य भएको छ ।

    मन्त्रालयका अनुसार पछिल्लाे २४ घण्टामा २५ वटा प्रयोगशालामा गरिएको परीक्षणमा ७० जना संक्रमित भेटिएका हुन्। बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा झापाका २, सिरहाका १, सुनसरी र उदयपुरका ४/४ जना संक्रमित भेटिएका छन् ।

    मन्त्रालयका प्रवक्ता डा. गौतमका अनुसार प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला विराटनगरमा मोरङका ३, राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा धादिङका २, काठमाडौंका ३, नुवाकोटका १, सर्लाहीका ३ र सिन्धुपाल्चोकका ५ जनामा कोरोना पुष्टि भएको छ।

    त्यसैगरी भरतपुर अस्पताल प्रयोगशाला चितवनमा चितवनका १, किटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्र प्रयोगशाला हेटौडामा सिन्धुली र रौतहटका १/१, पाटन अस्पताल ललितपुरमा धादिङ, पर्वत र स्याङ्जाका १/१ जनामा कोरोना भेटिएको छ।

    प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला पोखरामा बागलुङका ३, तनहुँका ४, स्याङ्जाका ३ र म्याग्दीका २, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कास्कीका २, प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला रुपन्देहीमा पाल्पाका १ जनामा कोरोना पुष्टि भएको मन्त्रालयले जनाएको छ।

    भेरी अस्पताल नेपालगञ्जमा बाँके, बर्दिया र दाङका २/२, राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङमा दाङका ३, चौरजहारी नगरपालिका पिसिआर प्रयोगशालामा रुकुम पश्चिमका १, सुर्खेत प्रादेशिक अस्पताल प्रयोगशालामा सुर्खेतका ३ र सल्यानका १ जनामा कोरोना भेटिएको छ।

    यस्तै, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा जुम्लाका २, सेती प्रादेशिक अस्पताल धनगढीमा अछामका १ र कञ्चनपुरका ४ जनामा कोरोना पुष्टि भएको मन्त्रालयले जनाएको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार