Online Nepal
  • आइतबार, २३ बैशाख २०८१
  • थप ११६ जनामा काेराेना संक्रमण पुष्टि, संक्रमितकाे संख्या १७ हजार नाघ्याे

    थप ११६ जनामा काेराेना संक्रमण पुष्टि, संक्रमितकाे संख्या १७ हजार नाघ्याे

    अनलाइन नेपाल
  • मंगलबार, ३० असार २०७७
  • 1.7K
    SHARES

    काठमाडाैं । नेपालमा पछिल्लाे २४ घण्टामा थप ११६ जनामा काेराेना संक्रमण पुष्टि भएकाे छ ।

    याे सँगै नेपालमा काेराेना संक्रमितकाे संख्या १७०६१ पुगेकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ ।



    नियमित मिडिया व्रिफिङमा मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गाैतमका अनुसार पछिल्लाे २४ घण्टामा ११६ जनामा काेराेना संक्रमण पुष्टि भएकाे छ ।



    पछिल्लो २४ घण्टामा थप ३४ जना कोरोना संक्रमणमुक्त भएसँगै कोरोना संक्रमणमुक्त भई अस्पतालबाट डिस्चार्ज हुनेको संख्या १० हजार ३२८ पुगेको छ ।

    नेपालमा अहिलेसम्म कोरोना भाइरस संक्रमणका कारण ३८ जनाको मृत्यु भएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार