Online Nepal
  • सोमबार, १७ बैशाख २०८१
  • कार्की र शाहीकाे सिफारिससँगै तुहियाे पोखरेलको सपना

    कार्की र शाहीकाे सिफारिससँगै तुहियाे पोखरेलको सपना

    अनलाइन नेपाल
  • बुधबार, ३१ असार २०७७
  • 7.2K
    SHARES

    काठमाडौँ । गृह मन्त्रालयले प्रहरी नायब महानिरिक्षक (डिआइजी)द्धय प्रधुम्न कार्की र निरज शाहीलाई प्रहरी अतिरिक्त महानिरिक्षक (एआइजी) बढुवामा सिफारिस गरेको छ ।

    गृह सचिव महेश्वर न्यौपानेको अध्यक्षतामा बसेको बढुवा सिफारिस समितिले कार्की र शाहीलाई एआइजीमा बढुवा सिफारिस गरेको हो ।



    शैलेश थापा क्षेत्रीको आईजीपीमा बढुवा र एआईजी तारणीप्रसाद लम्सालको ३० वर्षे सेवा हदका कारण अवकाश पाएको हुँदा दुई एआईजी पद रिक्त थियो ।



    आफूभन्दा सिनियरलाई पछार्दै डिआईजीमा बढुवा भएका विश्वराज पोखरेल अहिले फेरि ‘रकेट’ शैलीमा एआईजी बन्ने दाउमा लागेका थिए ।

    उपप्रधान एवम् रक्षमन्त्री ईश्वर पोखरेल तथा प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरासँग निकट सम्बन्ध बनाएका डिखाईजी पोखरेल यो पटक भने एआईजीमा बढुवा हुन भने सकेनन् ।

    डिआइजी सुशिल भण्डारीको दुर्घटनामा परेर निधन भएपछि रिक्त भएको पदमा आफूभन्दा सिनियर एसएसपी विरेन्द्र श्रेष्ठलाई पछि पार्दै पोखरेल बढुवा भएका थिए ।

    डीआईजीमा विश्वराज पोखरेलको एकल पदोन्नतिले प्रहरी संगठनभित्र ठूलो हलचल नै मच्चिएको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार