Online Nepal
  • आइतबार, २३ बैशाख २०८१
  • बारा र पर्साका ९ जनामा कोरोना संक्रमण पुष्टि

    बारा र पर्साका ९ जनामा कोरोना संक्रमण पुष्टि

    अनलाइन नेपाल
  • बुधबार, ७ साउन २०७७
  • 2.6K
    SHARES

    काठमाडौं । बारा र पर्साका थप ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । नारायणी अस्पतालमा गरिएको पीसीआर परीक्षणमा थप ९ जनामा कोरोना संक्रमण पुष्टि भएको नारायणी अस्पताल मातहत रहेको अस्थायी कोभिड विशेष अस्पताल गण्डकका को–ओर्डिनेटर डा. उदय नारायण सिंहले जानकारी दिए ।

    कोरोना संक्रमण देखिनेहरुमा वीरगञ्ज महानगरपालिकाका ३५ र ४७ वर्षीय पुरुष, नारायणी अस्पतालका एक जना सफाई कर्मचारी ३५ वर्षीय पुरुष, पर्साको सखुवा प्रसौनी गाउँपालिका वडा नम्बर ३ कौवावन कटैयाका ३१ वर्षीय पुरुष, पटेर्वा सुगौली गाउँपालिका वडा नम्बर ५ निचुटाका ५५ वर्षीय पुरुष रहेका छन् ।



    यस्तै बारा जिल्लाको सिम्रौनगढ नगरपालिकाका २९ वर्षीय पुरुष, बानीपुर गाउँपालिका वडा नम्बर ५ का ३५ वर्षीय पुरुष, प्रसौनी गाउँपालिका वडा नम्बर ४ का ३० वर्षीय पुरुष र वीरगञ्जको जगदम्बा इन्टरप्राईजेजका कर्मचारी ५६ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार