Online Nepal
  • आइतबार, २३ बैशाख २०८१
  • काेराेना कहर: पाँच जनामा संक्रमण देखिएपछि महाबौद्ध ‘सिल’

    काेराेना कहर: पाँच जनामा संक्रमण देखिएपछि महाबौद्ध ‘सिल’

    अनलाइन नेपाल
  • सोमबार, १२ साउन २०७७
  • 2.1K
    SHARES

    काठमाडौं । काठमाडाैंकाे महाबौद्ध क्षेत्र ‘सिल’ गरिएको छ। महाबौद्धका एक व्यवसायीको परिवारका पाँच सदस्यमा कोरोना भाइरस संक्रमण देखिएपछि महाबौद्ध क्षेत्र ‘सिल’ गरिएको हाे।
    पाँच सदस्यमा कोरोना भाइरस पोजिटिभ देखिएपछि सोमबार त्यो क्षेत्र सिल गरिएको प्रहरीले जनाएकाे छ।

    स्वास्थ्य क्षेत्रका अधिकारीले भारतको सीतामडीबाट माइत आएकी युवतीबाट अन्यमा कोरोना सरेको हुनसक्ने आशंका गरेका छन्। उनको घरपरिवारका सबै सदस्यको पीसीआर परीक्षण गरिएको थियो। उनीहरू शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा उपचाररत छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले भने यसको पुष्टि गरेको छैन।



    शुक्रराज अस्पतालका निर्देशक डा. सागरकुमार राजभण्डारीले एकै परिवारका पाँच सदस्यलाई कोरोना संक्रमण भएको पुष्टि गरे। माइत आएका बेला परिवारका अन्यमा संक्रमण भएको हुन सक्ने डा. राजभण्डारीले बताए। नाति, नातिनीसहित हजुरबुवा, हजुरआमा, आमालाई पनि संक्रमण पुष्टि भएपछि शुक्रबार र आइतबार अस्पताल भर्ना गरिएको थियो। उनीहरूको स्वास्थ्य अवस्था सामान्य छ।



    परिवारका सबै सदस्यमा कोरोना संक्रमण पुष्टि भएको यो पहिलो घटना हो। पर्सा घर भई महाबौद्धमा बस्ने ती व्यवसायीको विस्तृत परिचय भने खुलाइएको छैन।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार