Online Nepal
  • मंगलबार, २५ बैशाख २०८१
  • काठमाडौंमा कोरोनाको जोखिम बढ्यो, आजमात्रै ५३ जना थपिए

    काठमाडौंमा कोरोनाको जोखिम बढ्यो, आजमात्रै ५३ जना थपिए

    अनलाइन नेपाल
  • मंगलबार, १३ साउन २०७७
  • 2.9K
    SHARES

    काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ५३ जनामा कोरोना पुष्टि भएसँगै काठमाडौंमा कोरोनाको जोखिम बढ्दै गएको छ ।

    नियमित मिडिया ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले काठमाडौंमा ४८, ललितपुरमा ४ जना र भक्तपुरमा १ जना गरी ५२ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी गराएका हुन् ।



    गौतमका अनुसार आज बझाङका ६५ वर्षिय पुरुषको मृत्यु भएको छ । योसँगै कोरोनाका कारण नेपालमा मृत्यु हुनेको संख्या ४९ पुगेको छ ।



    मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा नेपालमा थप ३११ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या १९ हजार ६३ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

    गौतमका अनुसार कोरोना संक्रमणमुक्त भई अस्पतालबाट डिस्चार्ज हुनेको संख्या १३ हजार ८७५ पुगेको मन्त्रालयले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार