Online Nepal
  • मंगलबार, २५ बैशाख २०८१
  • उपत्यका प्रवेश गर्ने नाकामा स्वाब दिएकामध्ये २४ जनामा कोरोना संक्रमण

    उपत्यका प्रवेश गर्ने नाकामा स्वाब दिएकामध्ये २४ जनामा कोरोना संक्रमण

    अनलाइन नेपाल
  • बिहिबार, १५ साउन २०७७
  • 4.2K
    SHARES

    काठमाडौं । काठमाडौं उपत्यका प्रवेश गर्ने नाकामा स्वाब परीक्षण गर्दा २४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । उपत्यका प्रवेश गर्ने मुख्य तीन नाका नागढुंगा, फर्पिङ र साँगामा केही दिनयता संकलन गरिएको ३ हजार ४७३ स्वाब परीक्षण गर्दा २४ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

    स्वास्थ्य मन्त्रालयको इपिडियोमिलोजी तथा रोग नियन्त्रण महाशाखाले काठमाडौं उपत्यका प्रवेश नाकामा गएको आइतबारदेखि पिसिआर परीक्षण सुरु गरेको थियो ।



    पछिल्लो केही समययता उपत्यका भित्रिनेहरुले संख्या बढ्दै गएसँगै जोखिम पनि बढ्दै गएको छ। सरकारले लकडाउन अन्त्य र सार्वजनिक सवारी साधन खुला गरेपनि कोरोना संक्रमण र महामारीको जोखिम उस्तै रहेपछि उपत्यकालाई सम्भावित क्षतिबाट कसरी जोगाउने भन्नेमा तीन जिल्ला केन्द्रीत बनेका छन् ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार