Online Nepal
  • मंगलबार, २५ बैशाख २०८१
  • मदन पुरस्कारका लागि छनौट भएका ७ पुस्तक 

    मदन पुरस्कारका लागि छनौट भएका ७ पुस्तक 

    अनलाइन नेपाल
  • बुधबार, २१ साउन २०७७
  • 2.5K
    SHARES

    काठमाडौं । मदन पुरस्कार गुठीले ‘मदन पुरस्कार- २०७६’ का लागि सात वटा पुस्तकहरू छनौट गरेको छ। गुठीले २०७६ मा प्रकाशित भएर प्राप्त भएका १५१ पुस्तकमध्येबाट पुरस्कारका लागि ७ वटा पुस्तक छनौट गरेको हो।

    मदन पुरस्कारका लागि विमल निभाको ‘जोकरको बन्दुक’, तीर्थ श्रेष्ठको ‘धर्सैधर्साको चक्रव्यूह’, भुवन ढुङ्गानाको ‘परित्यक्ता’, योगी धर्ममहारसको ‘महारसनिघण्टु (खण्ड १ – ३)’, चन्द्रप्रकाश बानियाँको ‘महारानी’, ललित बिष्टको ‘मोहपथ’ र शारदा शर्माको ‘यात्रामा’ छनौटमा परेको हो ।



    प्राप्त १५१ पुस्तकमध्येबाट बढीमा उत्कृष्ट १० पुस्तकको सूची तयार गर्न गठन भएको समितिले सात पुस्तकहरूको सूची गुठीलाई उपलब्ध गराएको हो। छनौटमा परेका यी पुस्तकमध्येबाट एउटा पुस्तकलाई ‘२०७६ सालको मदन पुरस्कार’ दिइनेछ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार