Online Nepal
  • बिहिबार, २० बैशाख २०८१
  • काेराेना भाइरस अपडेट : थप ४६४ जनामा संक्रमण पुष्टि, ४२५ जना डिस्चार्ज

    काेराेना भाइरस अपडेट : थप ४६४ जनामा संक्रमण पुष्टि, ४२५ जना डिस्चार्ज

    अनलाइन नेपाल
  • शुक्रबार, २३ साउन २०७७
  • 4K
    SHARES

    काठमाडौं । नेपालमा आज थप ४६४ जनामा कोरोना भाइरसकाे संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २२ हजार २१४ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ ।

    नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले नेपालमा पछिल्लाे २४ घण्टामा ४६४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको जानकारी दिए । उनका अनुसार पछिल्लो २४ घण्टामा थप ४२५ जना कोरोना संक्रमणमुक्त भएका छन् । याेसँगै कोरोना संक्रमणमुक्त भई अस्पतालबाट डिस्चार्ज हुनेको संख्या १५ हजार ८१४ पुगेको छ । नेपालमा अहिलेसम्म कोरोना भाइरस संक्रमणबाट ७० जनाको मृत्यु भएको छ ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार