Online Nepal
  • बिहिबार, २० बैशाख २०८१
  • हत्या अभियाेगका फरार प्रतिवादी १७ वर्षपछि पक्राउ

    हत्या अभियाेगका फरार प्रतिवादी १७ वर्षपछि पक्राउ

    अनलाइन नेपाल
  • शुक्रबार, २३ साउन २०७७
  • 2.7K
    SHARES

    बिर्तामोड । ज्यान मुद्दाका फरार प्रतिवादी १७ वर्षपछि पक्राउ परेका छन् । पक्राउ पर्नेमा हल्दिबारी गाउँपालिकाको जलथल निवासी दुर्गाबहादुर मगर छन् । २०६० कात्तिक ३० गते जलथलमा पाहुना आएका झापा गाउँपालिका ४ का बिरिकलाल माझीको कुटपिटका कारण मृत्यु भएको थियो ।

    उनी जलथलमा रहेकी छोरीको घरमा पाहुना आएकी थिइन् । पाहुना आएका माझीलाई स्थानीय दुर्गाबहादुर मगर, खेम फुयालसहित ३/४ जनाको समूहले कुटपिट गरेका थिए ।



    कुटपिटका कारण गम्भीर चोट लागेका माझीको भद्रपुरस्थित मेची अस्पतालमा उपचारका क्रममा घटना भएको ४ दिनपछि मंसिर ४ गते मृत्यु भएको थियो । पक्राउ परेका मगरमाथि शुक्रबार जिल्ला अदालतबाट ५ दिनको म्याद थप गरी अनुसन्धान गरिरहेको प्रहरीले जनाएकाे छ ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार