Online Nepal
  • आइतबार, २३ बैशाख २०८१
  • काठमाडौंका ३६ सहित उपत्यकामा थप ४४ जनामा कोरोना संक्रमण

    काठमाडौंका ३६ सहित उपत्यकामा थप ४४ जनामा कोरोना संक्रमण

    अनलाइन नेपाल
  • सोमबार, २६ साउन २०७७
  • 1.7K
    SHARES

    काठमाडाैं । सोमबार काठमाडौं उपत्यकामा थप ४३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । काठमाडौंमा ३६, ललितपुरमा ४ र भक्तपुरमा ४ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनस‌ंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए ।

    याेसँगै उपत्यकाका जिल्लाहरू काठमाडौंमा मात्रै कोरोना संक्रमितको संख्या ९४६ जना, ललितपुरमा १४३ जना र भक्तपुरमा हालसम्म ८८ जना पुगेको छ।



    सरकारले कोरोना संक्रमित बढ्न थालेपछि उपत्यका प्रवेश गर्ने नाकामा कडाइ गरेको छ भने साँझ ७ बजेदेखि बिहान ७ बजेसम्मको आवागमनलाई बन्द गराएको छ।



    साथै सवारी साधनमा जोर बिजोर र राति ९ बजेदेखि बिहान ५ बजेसम्म आवागमन समेत बन्द गरेको छ। त्यस्तै उपत्यकाका तीनै जिल्लामा आइतबारदेखि लागू हुनेगरी अत्यावश्यक बाहेकका सबै सेवाहरू बन्द गरिएका छन्।

     

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार