Online Nepal
  • आइतबार, २३ बैशाख २०८१
  • कोरोना भाइरसविरूद्दकाे भ्याक्सिनले चीनमा स्वीकृति पायो !

    कोरोना भाइरसविरूद्दकाे भ्याक्सिनले चीनमा स्वीकृति पायो !

    अनलाइन नेपाल
  • सोमबार, ८ भाद्र २०७७
  • 3K
    SHARES

    काठमाडाैँ। कोरोना भाइरसविरूद्दकाे भ्याक्सिन चीनमा आकस्मिक स्वीकृति पाएकाे छ।

    चाइनान्यूजका अनुसार चीनको कोभिड–१९ भ्याक्सिन विकास टास्क फोर्सका प्रमुख र चीनको नेशनल हेल्थ कमिशनका अधिकारी झेंग झोंगवेइले भीनको भ्याक्सिन व्यवस्थापन कानुनको मातहत रहेर भ्याक्सिन प्रयोग गर्न सकिने बताएका छन् ।



    एक बरिष्ठ चिनियाँ अधिकारीले शनिबार चीनले देशका भ्याक्सिन उत्पादनले विकास गरेको भ्याक्सिनलाई आकस्मिक प्रयोगका लागि स्वीकृति दिइएको बताएका छन् ।



    झेंगका अनुसार आकस्मिक प्रयोगको लागि अप्रिल ४ मा निवेदन लिन सुरु गरिएको थियो । यसरी आकस्मिक प्रयोग गर्ने सम्बन्धि प्रस्ताव जून २४ मा पारित भएको र जुलाइ २२ मा भ्याक्सिनले स्वीकृति पाएको झेंगले बताएका छन् । भ्याक्सिनको आकस्मिक प्रयोगलाई प्रभावकारी नरिकाले नियमन गर्नको लागि विभिन्न मापदण्डहरु तय गरिएपछि मात्रै आकस्मिक प्रयोगको लागि स्वीकृति दिइएको हो ।

    झेंगका अनुसार भाइरससँग सम्पर्कमा हुने उच्च सम्भावना भएका व्यक्तिहरुमा सीमित अवधिको लागि यो भ्याक्सिन प्रयोग गर्न सकिनेछ । स्वास्थ्यकर्मी, अग्रभागमा महामारी नियन्त्रणमा खटिएका कर्मचारी र कस्टमका कर्मचारीहरु आकस्मिक प्रयोगको प्राथमिकतामा पर्नेछन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार