Online Nepal
  • सोमबार, २४ बैशाख २०८१
  • प्रधानमन्त्री ओलीले भने – अहिले मुख्यमन्त्री परिवर्तन हुँदैनन्, मन्त्री भने हुन सक्छन

    प्रधानमन्त्री ओलीले भने – अहिले मुख्यमन्त्री परिवर्तन हुँदैनन्, मन्त्री भने हुन सक्छन

    अनलाइन नेपाल
  • शनिबार, १३ भाद्र २०७७
  • 3.2K
    SHARES

    काठमाडौं।  प्रधानमन्त्री केपी शर्मा ओलीले अहिले कुनै पनि मुख्यमन्त्री परिवर्तन नहुने बताएका छन्। मुख्यमन्त्री परिवर्तन नयाँ चुनावपछिमात्र हुने प्रधानमन्त्री ओलीले बताए।

    सत्तारुढ दल नेकपामा देखिएको विवाद समाधानका लागि आवश्यक सुझाव दिन गठन गरिएको महासचिब विष्णु पौडेल संयोजक रहेको कार्यदलले प्रतिवेदन बुझाएपछि केही मुख्यमन्त्रीहरु र केही मन्त्रीहरु परिवर्तन हुने चर्चा भइरहेका बेला ओलीले मुख्यमन्त्रीको बिषयमा मुख खोलेका हुन ।



    एक टेलिभिजनसँग अन्तर्वाता दिँदै प्रधानमन्त्री  ओलीले अहिले मुख्यमन्त्री परिवर्तन हुनु भनेको मुलुकलाई अस्थिरतातर्फ धकेल्नु भएको भन्दै आफू त्यस्तो अस्थिरताको पक्षमा नभएको वताए । प्रधानमन्त्री ओलीले आफू नेतृत्वको मन्त्रिमण्डलमा भने परिवर्तन हुन सक्ने बताए।



    उनले अन्तर्वार्तामा भनेका छन्, ‘प्रधानमन्त्रीलाई आवश्यक लाग्यो भने मन्त्रिरिषद्का सदस्यहरु परिवर्तन हुन सक्छन्। कोरोना महामारीबारे सोधिएको प्रश्नमा प्रधानमन्त्री ओलीले सरकारले राम्रो प्रयास गरेको दावी गरे।

    प्रधानमन्त्री ओलीले र दैनिक २३ हजारको पीसीआर परीक्षण गरिएको दावी गरे। हालसम्म नेपालमा सबैभन्दा धेरै १३ हजारको पीसीआर गरिएको छ। प्रधानमन्त्री ओलीले अब भारतसँगको सम्बन्धमा सुधार भइरहेको पनि बताए।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार