Online Nepal
  • सोमबार, २४ बैशाख २०८१
  • प्रधानमन्त्री ओलीले गरे उपप्रधानमन्त्री पोखरेलका सम्धीको बचाउ

    प्रधानमन्त्री ओलीले गरे उपप्रधानमन्त्री पोखरेलका सम्धीको बचाउ

    अनलाइन नेपाल
  • शनिबार, १३ भाद्र २०७७
  • 3.9K
    SHARES

    काठमाडौं। प्रधानमन्त्री  केपी शर्मा ओलीले डा.उपेन्द्र कोइरालालाई योग्य भएकाले नै राष्ट्रिय बाणिज्य बैंकको संचालकमा नियुक्ती गरिएको जिकिर गरेका छन्।

    प्रधानमन्त्री  ओलीले उपप्रधानमन्त्री ईश्वर पोखरेलका सम्धी समेत रहेका डा उपेन्द्र कोइरालाको नियुक्तिको बचाउ गरेका हुन ।



    प्राइम टिभीमा पत्रकार ऋषि धमलासँगको अन्तर्वातामा प्रधानमन्त्री ओलीले कोइराला योग्यताकै आधारमा राष्ट्रिय वाणिज्य बैंकमा नियुक्त भएको दाबी गरे ।



    ‘उहाँ ईश्वर पोखरेलको सम्धी हुुुनुभन्दा पहिले नै प्राध्यापक भइसकेका थिए, भिसि भएर काम गरिसकेका थिए,’ अन्तर्वाताका क्रममा प्रधानमन्त्री ओलीले भने,‘यदी कोही क्षमतावान मान्छे योग्य भयो भने उसको प्रतिस्पर्धा गर्ने हक नै नहुने ?’ । सरकारले सबै नियुक्तिहरु योग्यताकै आधारमा गरेको उनको भनाई थियो । ओम्नी समूहलाई आफूलाई चिन्दै नचिनेको प्रधानमन्त्री ओलीले दाबी गरे ।

     

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार