Online Nepal
  • आइतबार, १६ बैशाख २०८१
  • प्रादेशिक अस्पतालमा कोरोना संक्रमितको मृत्यु

    प्रादेशिक अस्पतालमा कोरोना संक्रमितको मृत्यु

    अनलाइन नेपाल
  • आइतबार, १४ भाद्र २०७७
  • 2.2K
    SHARES

    लुम्बिनी । लुम्बिनी प्रादेशिक अस्पतालमा उपचारका लागि भर्ना भएका एक कोरोना सङ्क्रमितको आज अपराह्न मृत्यु भएको छ । बुटवल उपमहानगरपालिका वडा नम्बर ५ का ६७ वर्षीय पुरुषको आज १२ः३० बजे उपचारका क्रममा मृत्यु भएको लुम्बिनी प्रादेशिक अस्पतालले जनाएको छ ।

    उच्च ज्वरो र श्वासप्रश्वासमा समस्या देखिएपछि आज बिहान ४.३५ बजे अस्पतालको फिभर क्लिनिकमा स्वास्थ्य जाँच र पिसिआर टेष्ट गर्दा कोरोना पोजेटिभ देखिएपछि सोही क्लिनिकको आइसोलेशनमा भर्ना भएका सङ्क्रमितको मृत्यु भएको अस्पतालका सूचना अधिकारी डा विष्णु गौतमले जारी गर्नुभएको विज्ञप्तिमा जनाइएको छ ।



    कोरोना सङ्क्रमित मृतकमा दीर्घरोगका रुपमा मुटुरोग, मधुमेह र उच्च रक्तचाप रहेको अस्पतालले जनाएको छ । यससँगै रुपन्देहीमा अहिलेसम्म कोरोनाका कारण मृत्यु हुने नौ जना पुगेका छन् ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार