Online Nepal
  • आइतबार, २३ बैशाख २०८१
  • काेराेना भ्याक्सिन ४२ दिनैमै आउने वैज्ञानिकहरुकाे दाबी

    काेराेना भ्याक्सिन ४२ दिनैमै आउने वैज्ञानिकहरुकाे दाबी

    अनलाइन नेपाल
  • मंगलबार, १६ भाद्र २०७७
  • 5.4K
    SHARES

    काठमाडौं। वैज्ञानिकहरुले काेराेना भाइरसविरूद्दकाे भ्याक्सिन ४२ दिनैमै आउने दाबी गरेका छन्। बेलायतको अक्सफोर्ड विश्वविद्यालयले विकास गरेको कोरोना भ्याक्सिन ४२ दिनमा आउने विकासकर्ता वैज्ञानिकहरुले दाबी गरेका हुन्।

    बेलायत सरकार सूत्रले सण्डे एक्सप्रेसलाई बताए अनुसार अक्सफोर्ड विश्वविद्यालय र लण्डनको इम्पेरियल कलेजका वैज्ञानिकहरु भ्याक्सिनलाई पूर्णता दिने चरणको नजिकै पुगिसकेका छन् । बेलायतमा भ्याक्सिनको उत्पादन र यसलाई बजारमा पठाउने काम लगायतका बारेमा पनि पहिलेदेखि नै तयारी चलिरहेको छ । वैज्ञानिकहरुले भ्याक्सिन आम मानिसहरुलाई दिन योग्य भएको घोषणा गर्नासाथ आम मानिसहरुले निकै कम समयमा भ्याक्सिन पाउनेछन् ।



    विश्वले प्रभावकारी र सुरक्षित हुने विश्वास गरेको यो भ्याक्सिनको ट्रायल अहिले अन्तिम चरणमा छ । बेलायती अखबार डेली एक्सप्रेसका अनुसार ट्रायल सफल भएको अवस्थामा कोरोनाभाइरसको भ्याक्सिन अबको ६ हप्ता अर्थात ४२ दिनभित्रमा तयार हुनेछ ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार