Online Nepal
  • आइतबार, १६ बैशाख २०८१
  • बुटवलमा प्युठानका काेराेना संक्रमितको मृत्यु

    बुटवलमा प्युठानका काेराेना संक्रमितको मृत्यु

    अनलाइन नेपाल
  • बिहिबार, १८ भाद्र २०७७
  • 3.3K
    SHARES

    फाइल फोटो

    बुटवल । प्युठानका कोरोना संक्रमित एक पुरुषको बुटवलमा मृत्यु भएको छ ।

    प्युठानको स्वर्गद्वारी नगरपालिका वडा नं. ७ का ५८ वर्षीय पुरुषको बुटवलस्थित गौतमबुद्ध सामुदायिक मुटु अस्पतालमा गएराति मृत्यु भएको हो।



    कलेजो र फोक्सोमा निमोनियाको समस्या रहेका ती पुरुष उपचारका लागि भदौ १० गते मुटु अस्पतालमा भर्ना भएका थिए । उनको भदौ १६ गते कोरोना पोजेटिभ रिपोर्ट आएको थियो ।



    अस्पतालका अध्यक्ष एजाज आलमले अस्पतालमा भर्ना भएकै दिनदेखि भेन्टिलेटरको सहायतामा उपचार गराइरहेका उनको गएराति ९ बजेतिर मृत्यु भएको जानकारी दिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार