Online Nepal
  • बुधबार, २६ बैशाख २०८१
  • ललितपुरका यी स्थानमा शनिबारदेखि ५ जनाभन्दा बढीलाई भेला हुन रोक

    ललितपुरका यी स्थानमा शनिबारदेखि ५ जनाभन्दा बढीलाई भेला हुन रोक

    अनलाइन नेपाल
  • शुक्रबार, १९ भाद्र २०७७
  • 3.5K
    SHARES

    काठमाडौं। जिल्ला प्रशासन कार्यालय ललितपुरले क्षेत्र नै तोकेर ५ जनाभन्दा बढी भेला हुन रोक लगाएको छ।  बिहीबार रथ तान्ने क्रममा स्थानीयसँग प्रहरीको झडप भएपछि संभावित घटना घट्न नदिन यो नियम लागू गरिएको हो।

    रथयात्रामा तनाब बढेको घटनालाई लिएर जिल्ला प्रशासन कार्यालय ललितपुरले शुक्रबार कर्फ्यू आदेश जारी गरेको थियो ।  कोरोनाको महामारीका बीच निषेधाज्ञा उल्लंघन गरी स्थानीयले मछिन्द्रनाथको रथ तान्न थालेपछि प्रहरी र स्थानीयबीच झडप भएको थियो ।



    प्रशासनले रातो मछिन्द्रनाथको रथ रहेको आसपास क्षेत्र -पूर्वमामदन स्मारक स्कुल अगाडिको चोक, पश्चिममा ललितपुर महानगरपालिकाको कार्यालय, दक्षिणमा सेन्ट जेभियर्स अगाडिको चोक र उत्तरमा बखुण्डोल चोकमा हुलदंगा वा अशान्ति गर्ने उद्धेश्यले एकै ठाउँ ५ जनाभन्दा बढी मानिस भेला हुन नपाउने गरी नियम लागू गरेको छ।



    यस्तै, मीननाथको रथ रहेको क्षेत्र -पूर्वमा मंगलबजार चोक,पश्चिममा मदन स्मारक स्कुल, दक्षिणमा पूर्णचण्डी मन्दिर र उत्तरमा पिम वहालमा समेत भेला हुन रोक लगाएको छ।

    यो नियम  भदौ २० गतेदेखि भदौ २६ गतेसम्म लागू हुने वताइएको छ ।  उक्त अवधिमा बिहान ५ बजेदेखि बेलुकी १० बजेसम्म यसरी भेला हुन प्रतिबन्ध लगाइएको हो। जबर्जस्ती भेला भए कानून बमोजिम कारबाही हुने प्रशासनको सुचनामा उल्लेख छ।

     

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार