Online Nepal
  • मंगलबार, १८ बैशाख २०८१
  • पक्राउको डेढ घण्टामै अभियुक्त छुट्ने आईजीपीको यो कस्तो आचारसँहिता ?

    पक्राउको डेढ घण्टामै अभियुक्त छुट्ने आईजीपीको यो कस्तो आचारसँहिता ?

    यदुनाथ बन्जारा
  • शुक्रबार, २ असोज २०७७
  • 8.6K
    SHARES

    फाइल फोटो

    कास्की। भाद्र २६ गते शुक्रबार अपरान्ह ४ वजे आफ्नै पसल तुलाचन फेन्सी पृथ्वीचोकबाट पक्राउ परेका दिक्षित तुलाचन  डेढ घण्टामै छुटेर पसल पुगेको देख्दा स्थानिय र छरछिमेकीहरु छक्क परे ।

    करिव ४ वजे सादा पोसाकका प्रहरीले स्क्रिनिङ गर्दै पछ्याएर पक्राउ परेका तुलाचन र उनका कर्मचारीलाई वैदाम प्रहरीको भ्यानमा हत्कडी समेत लगाएर ठूलै अपराधीलाई झै पक्राउ गरिएको थियो। तर,तुलाचनलाई छुटाउन प्रहरी किन यति हतारियो भन्ने विषयले पोखरामा चर्चा पाएको छ ।



    लागुऔषध कारोवार गर्ने गरेको आशंकामा सुराकी पाएर अनुसन्धान गर्न पक्राउ गरिएको वैदाम प्रहरी प्रमुख डिएसपी यादव ढकालले वताएका छन् । तर, पक्राउ परेका व्यक्तिलाई कार्यालय पु-याउन नभ्याउँदै उनले कस्तो अनुसन्धान गर्न सफल भए ? त्यो खुल्न वाँकी नै छ । पक्राउ परेका व्यक्तिको पसलबाट झण्डै एक मिटर, लामो तरवार समेत प्रहरीले वरामद गरेको थियो ।



    जिल्ला प्रहरी कार्यालय मातहतका युनिटहरुले जुनसुकै आरोप वा प्रमाणमा मानिस पक्राउ गरे पनि त्यसको जानकारी जिल्ला प्रमुख र सूचना अधिकारीलाई रिपोटिङ गर्नु पर्ने हुन्छ ।

    पोखराको मुख्य वजार पृथ्वीचोकवाट पक्राउ गरी लगिएको ४ दिन वितिसक्दा पनि त्यो पक्राउ र तत्काल रिहाई प्रकरणका वारेमा जिल्ला प्रहरी कार्यालयले मुख खोलेको छैन ।

    पक्राउ परेको डेढ घण्टामा नै छुटेर आएका तुलाचन गण्डकी प्रदेश प्रमुख अमिक शेरचनको नातेदार भएको खुलेको छ । स्रोतका अनुसार तुलाचनलाई लागूऔषधसहित पक्राउ गरे पनि फोनको भरमा छाडिएको हो । त्यति मात्र होइन, उनी गएको निर्वाचनमा नेकपाबाट वडाध्यक्षको उम्मेदवारी दिएका गोपी तुलाचनका छोरा भएको खुल्न आएको छ ।

    तुलाचनबाट केही पनि बरामद नगरिएकाले उनलाई छाडिएको कास्कीका प्रहरी प्रमुख एसपी जीवन श्रेष्ठले वताउँदै आएका छन्। यता, केही दिन अघि मात्र प्रहरी महानिरीक्षक (आईजीपी) शैलेश थापा क्षेत्रीले नयाँ आचार सँहिता जारी गर्दै प्रहरी संगठनमा व्यवसायिकता नै मुख्य भएकोले सडकमा समेत व्यवसायिकता देखिने गरी काम गर्न प्रहरी अधिकारीहरुलाई निर्देशन दिएका थिए ।

    आईजीपी क्षेत्रीले जारी गरेको कार्यदेशमा प्रहरी संगठन र कार्यरत कार्यालयको गरिमा बढाउने किसिमको उच्च नैतिकता देखाउने गरी काम गर्नुपर्ने उल्लेख छ ।

    संगठनलाई बलियो बनाउन आईजीपी क्षेत्रीले आचार सँहिता जारी गर्ने तर लागूऔषधसहित पक्राउ परेका व्यक्तिलाई छाड्ने कास्की प्रहरीको कामप्रति क्षेत्री जानकार छन् कि छैनन ? प्रहरीकै एक उच्च अधिकारी प्रश्न गर्छन्।

    लागूऔषधसहित पक्राउ परेको डेढ घण्टामै आरोपी छुट्ने कामले गर्दा सडकमा प्रहरीको कस्तो व्यवसायिकता देखिन लागेको हो ? गम्भिर प्रश्न उठेको छ

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार