Online Nepal
  • शनिबार, १५ बैशाख २०८१
  • कोरोना संक्रमणबाट टिचिङ अस्पतालका कर्मचारीको मृत्यु

    कोरोना संक्रमणबाट टिचिङ अस्पतालका कर्मचारीको मृत्यु

    अनलाइन नेपाल
  • मंगलबार, १३ असोज २०७७
  • 2.3K
    SHARES

    काठमाडौं । कोभिड-१९ संक्रमणका कारण महाराजगञ्जस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल (टिचिङ)मा एक जनाको मृत्यु भएको छ।

    कोभिड-१९ व्यवस्थापन समितिका संयोजक सन्तकुमार दासले अस्पतालकै सफाइ कर्मचारिको मृत्यु भएको जानकारी दिए। उनका अुनसार ५७ वर्षीया ती महिला अस्पतालको वार्डमा सफाइ कर्मचारीको रुपमा कार्यरत थिइन्। उनको मंगलवार विहान निधन भएको दासले बताए।



    असोज ३ गते संक्रमण पुष्टि भएपछि भेन्टिलेटरमा राखेर उपचार गरिरहेका उनको मृत्यु भएको हो। ‘स्वास्थ्य अवस्था जटिल बनेपछि भेन्टिलेटरमा राखेका थियौं। तर पनि उहाँको स्वास्थ्यमा सुधार भएन,’ उनले भने।



    दम र थाइराइडको समस्या भएकी ५७ वर्षीया महिला ३ महिनादेखि बिदामा रहेको बेला संक्रमण भएको दासले बताए।’ यसअघि शनिवार पनि टिचिङमा १ जनाको संक्रमणका कारण निधन भएको थियो। २४ घण्टामा भने एक जना संक्रमितको मात्रै निधन भएको दासले बताए।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार