Online Nepal
  • मंगलबार, १८ बैशाख २०८१
  • निर्मला घटनाको अनुसन्धान चाँडै  निष्कर्षमा पुग्ने आइजीपीको दाबी

    निर्मला घटनाको अनुसन्धान चाँडै  निष्कर्षमा पुग्ने आइजीपीको दाबी

    अनलाइन नेपाल
  • बुधबार, १४ असोज २०७७
  • 2.5K
    SHARES

    फाइल फोटो

    काठमाडौं। प्रहरी महानिरीक्षक(आइजीपी ) शैलेश थापा क्षेत्रीले निर्मला पन्त घटनाको अनुसन्धान चाँडै  निष्कर्षमा पुग्ने वताएका छन् । बुधबार संसदको राज्य व्यवस्था तथा सुशासन समितिमा थापाले उक्त जानकारी गराएका हुन्।

    समितिकी सभापति शशी श्रेष्ठले निर्मला घटनाको अनुसन्धानको बारेमा जानकारी माग गरेपछि आइजीपी थापाले औपचारिक र अनौपचारिक ढंगले अनुसन्धान अगाडि बढिरहेको जानकारी गराएका थिए।



    घटनाको अनुसन्धानका लागि प्रहरी प्रधान कार्यालयले टोली खटाएको उनले जानकारी दिए। अहिले ती अधिकृत कञ्चनपुरबाट बझाङ घटनाको अनुसन्धानमा गएको उनले बताए।



    निर्मला घटनाको छानविनका लागि सुदूरपश्चिम प्रदेश प्रहरी प्रमखलाई समेत जिम्मेवारी दिइएको आइजीपी क्षेत्रीले संसदलाई जानकारी गराएका छन्।

     

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार