Online Nepal
  • शनिबार, २२ बैशाख २०८१
  • बिपी प्रतिष्ठानमा कोरोनाले थप एकको मृत्यु

    बिपी प्रतिष्ठानमा कोरोनाले थप एकको मृत्यु

    अनलाइन नेपाल
  • सोमबार, २६ असोज २०७७
  • 2.7K
    SHARES

    सुनसरी । धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड अस्पतालमा उपचाररत एक वृद्धको निधन भएको छ ।

    प्रतिष्ठानका प्रवक्ता डा आशिष श्रेष्ठका अनुसार धरान उपमहानगरपालिका–२ का ८९ वर्षीय पुरुषको आइतबार राति ११ः०० बजे निधन भएको हो ।



    उच्च रक्तचापका बिमारीसमेत रहेका वृद्धलाई यही असोज २३ गते कोभिड अस्पताल भर्ना गरिएको उनले बताए ।



    शव व्यवस्थापन नेपाली सेनाले गरिरहेको प्रतिष्ठानले जनाएको छ । योसँगै प्रतिष्ठानमा मृत्यु हुनेको सङ्ख्या ५० पुगेको छ । आइतबार बिहान दुई जनाको मृत्यु भएको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार