Online Nepal
  • आइतबार, १६ बैशाख २०८१
  • नेपालमा काेराेनाबाट थप ९ जनाकाे मृत्यु, मृतककाे संख्या ६४५ पुग्याे

    नेपालमा काेराेनाबाट थप ९ जनाकाे मृत्यु, मृतककाे संख्या ६४५ पुग्याे

    अनलाइन नेपाल
  • सोमबार, २६ असोज २०७७
  • 1.7K
    SHARES

    फाइल तस्बिर

    काठमाडाैं । नेपालमा काेराेना भाइरसकाे संक्रमणबाट थप ९ जनाकाे मृत्यु भएकाे छ ।

    याेसँगै नेपालमा काेराेना संक्रमणबाट मृत्यु हुनेकाे संख्या ६४५ पुगेकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ।



    पछिल्लाे २४ घण्टामा २ जना महिला र ७ जना पुरूषकाे मृत्यु भएकाे मन्त्रालयले जनाएकाे छ। नेपालमा काेराेनाबाट मृत्यु हुनेकाे प्रतिशत शून्य दशमलब ५८ रहेकाे छ ।



    यस्तै नेपालमा आज ४ हजार ४७ जनामा काेराेना भाइरस संक्रमण पुष्टि भएको छ ।

    याेसँगै नेपालमा काेराेना संक्रमितको कुल संख्या एक लाख ११ हजार ८०२ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ ।

    आजकाे नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा देशभर ४ हजार ४७ जनामा काेराेना भाइरसकाे संक्रमण पुष्टि भएकाे जानकारी दिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार