Online Nepal
  • सोमबार, २४ बैशाख २०८१
  • कोरोनाविरुद्ध चिनियाँ खोप प्रयोग गर्ने ब्राजिलको निर्णय

    कोरोनाविरुद्ध चिनियाँ खोप प्रयोग गर्ने ब्राजिलको निर्णय

    अनलाइन नेपाल
  • बुधबार, ५ कार्तिक २०७७
  • 3.5K
    SHARES

    काठमाडौं । ब्राजिलले कोरोना भाइरस (कोभिड–१९) विरुद्ध चिनियाँ खोपको प्रयोग गर्ने निर्णय गरेको छ । ब्राजिलको साओ पाउलोका गभर्नर जोआओ डोरियाले संघीय सरकारले राष्ट्रिय खोप कार्यक्रममा चिनियाँ कम्पनी सिनोभ्याकले निर्माण गरिरहेको खोपको प्रयोग गर्ने निर्णय गरेको जानकारी दिएका हुन् । उनका अनुसार ४ करोड ६० लाख डोज कोरोना खोपको लागि सम्झौता पनि भइसकेको छ ।

    डोरियाका अनुसार ब्राजिलमा सन् २०२१ को जनवरीसम्ममा खोप कार्यक्रम सुरु हुनेछ । ब्राजिल कोरोनाबाट सबैभन्दा धेरै प्रभावित बनेको मुलुकमध्येको एक हो । अहिलेसम्म ब्राजिलमा ५३ लाखभन्दा धेरै कोरोना संक्रमित फेला परिसकेका छन् । साथै मृत्यु हुनेको संख्या पनि एक लाख ५५ हजारको आसपास पुगेको छ ।



    ब्राजिलको स्वास्थ्य नियामकले स्वीकृति दिएको खण्डमा यो ब्राजिलको कोरोनाविरुद्धको खोप अभियानमा प्रयोग हुने दुईमध्ये एक खोप बन्नेछ । ब्राजिलले बेलायतको अक्सफोर्ड युनिभर्सिटी र एक्स्ट्राजेनेकाले निर्माण गरिरहेको कोरोनाविरुद्धको खोपलाई पनि यो अभियानमा समावेश गर्ने योजना बनाएको छ ।



    यसअघि साओ पाउलोका गभर्नर डोरियाले चिनियाँ कम्पन सिनोभ्याकले निर्माण गरिरहेको खोप परीक्षणको क्रममा सुरक्षित रहेको र यसले मानिसहरुलाई कोरोनाबाट बचाउने बताएका थिए । यो चिनियाँ खोपको परीक्षण साओ पाउलोको रिसर्च सेन्टर बुटानटान इन्स्टिच्युटले गरिरहेको छ । इन्स्टिच्युटले सोमबार, प्रारम्भिक नतिजाअनुसार तेस्रो चरणको क्लिनिकल परीक्षणमा यो खोप सुरक्षित पाइएको बताएको थियो । यो खोपको परीक्षण अहिले टर्की र इन्डोनेसियामा पनि भइरहेको छ।
    स्रोत : बीबीसी

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार