Online Nepal
  • सोमबार, १७ बैशाख २०८१
  • देशभर २५६९ कोरोना संक्रमित थपिए, संक्रमितको संख्या २ लाख २ हजार ३२९ पुग्यो

    देशभर २५६९ कोरोना संक्रमित थपिए, संक्रमितको संख्या २ लाख २ हजार ३२९ पुग्यो

    अनलाइन नेपाल
  • बुधबार, २६ कार्तिक २०७७
  • 3.2K
    SHARES

    काठमाडौं । नेपालमा आज थप २ हजार ५६९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

    योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २ लाख २ हजार ३२९ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।



    आजको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा देशभर २ हजार ५६९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको जानकारी दिए ।



    यस्तै बितेको २४ घण्टामा १ हजार ६६६ जना कोरोना भाइरस संक्रमण मुक्त भएका छन् ।

    योसँगै हालसम्म निको हुनेको कुल संख्या १ लाख ६२ हजार २४३ पुगेको छ । यसैगरी आजसम्म देशभर सक्रिय संक्रमितको संख्या ३८ हजार ९१२ रहेको छ ।

    यस्तै पछिल्लो २४ घण्टामा थप २६ जनाको मृत्यु भएको छ । योसँगै देशभर कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको कुल संख्या १ हजार १ सय ७४ पुगेको छ।

    यस्तै हिजो मंगलबार २ हजार ७३६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार