Online Nepal
  • सोमबार, १७ बैशाख २०८१
  • शुक्रबार २ हजार १११ कोरोना संक्रमित थपिए, ३५ सय ३७ जना डिस्चार्ज

    शुक्रबार २ हजार १११ कोरोना संक्रमित थपिए, ३५ सय ३७ जना डिस्चार्ज

    अनलाइन नेपाल
  • शुक्रबार, २८ कार्तिक २०७७
  • 1.7K
    SHARES

    काठमाडौं । नेपालमा आज थप २ हजार १११ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

    योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २ लाख ६ हजार ३५३ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।



    आजको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा देशभर २ हजार १११ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको जानकारी दिए ।



    यस्तै बितेको २४ घण्टामा ३ हजार ५३७ जना कोरोना भाइरस संक्रमण मुक्त भएका छन् ।

    योसँगै हालसम्म निको हुनेको कुल संख्या १ लाख ६८ हजार १२९ पुगेको छ । यसैगरी आजसम्म देशभर सक्रिय संक्रमितको संख्या ३७ हजार २२ रहेको छ ।

    यस्तै पछिल्लो २४ घण्टामा थप १३ जनाको मृत्यु भएको छ । योसँगै देशभर कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको कुल संख्या १ हजार २ सय २ पुगेको छ।

    यस्तै हिजो बुधबार १ हजार ९१३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार