Online Nepal
  • बुधबार, २६ बैशाख २०८१
  • नेकपा सचिवालय बैठकको निर्णय

    पार्टीमा देखिएकाे संकट समाधान गर्न कार्यसूची बनाएर छलफल गरिने

    पार्टीमा देखिएकाे संकट समाधान गर्न कार्यसूची बनाएर छलफल गरिने

    अनलाइन नेपाल
  • शुक्रबार, २८ कार्तिक २०७७
  • 2.1K
    SHARES

    फाइल तस्बिर

    काठमाडाैं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठकले पार्टीभित्र देखिएकाे सङ्कट र त्यसका समाधानको कार्यसूची नै बनाएर छलफल गर्ने निर्णय गरेकाे छ ।

    प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रबार बसेको सचिवालय बैठकले पार्टीभित्र देखिएका समस्या समाधानका उपायबारे कार्यसूची बनाएर थप छलफल गर्ने निर्णय गरेको हो । शुक्रबारकाे बैठकमा दुई अध्यक्षले एकअर्कालाई लेखेको पत्र सचिवालय सदस्यहरूलाई वितरण गरिएको थियाे ।



    दुवै अध्यक्षले लेखेको पत्र र त्यसमा उल्लेख भएका विषयवस्तुमा थप अध्ययन गरेर धारणा बनाउन अध्ययनका लागि सचिवालय सदस्यहरूलाई पत्र बाँडिएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।



    यस्तै सचिवालय सदस्यहरूलाई कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीको सङ्कट समाधानका लागि तयार पार्नुभएको प्रस्ताव र स्थायी कमिटी बैठकपछि जारी गरिएको अन्तर्पार्टी निर्देशिका पनि दिइएको छ ।

    शुक्रबारकाे बैठकमा पार्टी र सरकार सामु रहेका ऐतिहासिक जिम्मेवारी पूरा गर्नुपर्ने कामहरूबारे पनि छलफल भएको प्रवक्ता श्रेष्ठको भनाइ छ ।

    यस्तै नेकपाभित्र कुनै विदेशी शक्तिको हस्तक्षेपका कारण समस्या उत्पन्न भएको नभइ आन्तरिक कारण नै भएको प्रवक्ता श्रेष्ठले बताए ।

    ४० मिनेट बसेको बैठकमा प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहित नौ जना सचिवालय सदस्यहरू नै सहभागी भएका थिए । अर्को सचिवालय बैठक मङ्सिर ३ गते दिउँसो १ बजे बस्नेछ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार