Online Nepal
  • शनिबार, २२ बैशाख २०८१
  • १९४५ जनामा काेराेना संक्रमण हुदा ५३ सय ६४ जना डिस्चार्ज

    १९४५ जनामा काेराेना संक्रमण हुदा ५३ सय ६४ जना डिस्चार्ज

    अनलाइन नेपाल
  • शुक्रबार, ५ मंसिर २०७७
  • 1.8K
    SHARES

    काठमाडौं । नेपालमा आज थप १ हजार ९४५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

    योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २ लाख १६ हजार ९६५ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।



    आजको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा देशभर १ हजार ९४५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको जानकारी दिए ।



    यस्तै बितेको २४ घण्टामा ५ हजार ३६४ जना कोरोना भाइरस संक्रमण मुक्त भएका छन् ।

    योसँगै हालसम्म निको हुनेको कुल संख्या १ लाख ९१ हजार २ पुगेको छ । यसैगरी आजसम्म देशभर सक्रिय संक्रमितको संख्या २४ हजार ६६५ रहेको छ ।

    यस्तै पछिल्लो २४ घण्टामा थप २२ जनाको मृत्यु भएको छ । योसँगै देशभर कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको कुल संख्या १ हजार २ सय ९८ पुगेको छ।

    हिजाे बिहीबार २ हजार १०३ जनामा काेराेना भाइरसकाे संक्रमण पुष्टि भएकाे थियाे ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार