Online Nepal
  • मंगलबार, १८ बैशाख २०८१
  • डन चक्रेलाई सडकबाटै घिसारे एसएसपी सिंहले

    डन चक्रेलाई सडकबाटै घिसारे एसएसपी सिंहले

    अनलाइन नेपाल
  • आइतबार, १४ मंसिर २०७७
  • 16K
    SHARES

    काठमाडौं । महानगरीय प्रहरी परिसर काठमाडौंकाे प्रमुखको जिम्मेवारी सम्हालेका एसएसपी अशोक सिंह गुन्डागर्दीविरुद्ध कडा रुपमा प्रस्तुत भएका छन्।

    परिसरको नेतृत्व सम्हालेपछि काम देखाउन र चर्चा कमाउनका लागि प्रमुखहरुले गुण्डागर्दी नियन्त्रणमा नचुक्ने बताउने गर्दछन् । सोही शैली अपनाउँदै एसएसपी सिंहले गुन्डा नाइके मिलन गुरुङ उर्फ चक्रे मिलनलाई खानतलासी गर्न लगाएका छन् ।



    दरबारमार्गमा भिटारा गाडीमा सवार चक्रेलाई दरबारमार्ग प्रहरीले नियन्त्रणमा लिई गाडी सहित खानतलासी गरेको हो । एसएसपी सिंहकाे आदेशमा दरबारमार्ग प्रहरीले शनिबार चक्रेमाथि खानतलासी गरेकाे हाे ।



    राजधानीका केही पुराना गुण्डा फेरि हातहतियार सहित हिँड्ने गरेको सूचना प्रहरीमा पुगेको थियो । सोही सूचनाको आधारमा सडकमा हिडिरहेका चक्रे मिलनमाथि खानतलासी गरिएको प्रहरीकाे भनाइ छ ।

    चक्रेबाट केही बरामद नभएपछि उनलाई छाडिएको थियो । एसएसपी सिंहले चक्रे मिलनलाई प्रहरीले खानतलासी गरेको र केही नभेटिएपछि छाडिदिएको पुष्टि गरे।

    काठमाडौंमा अहिले गुण्डागर्दी खासै नभएपनि चर्चा कमाउनकै लागि एसएसपी सिंहले चक्रेमाथि खानतलासी गरेको चक्रेका सहयोगीहरुले आरोप लगाएका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार