Online Nepal
  • सोमबार, २४ बैशाख २०८१
  • ट्रकको ठक्करबाट प्रहरी हवल्दार बिष्टको मृत्यु

    ट्रकको ठक्करबाट प्रहरी हवल्दार बिष्टको मृत्यु

    अनलाइन नेपाल
  • आइतबार, १४ मंसिर २०७७
  • 5K
    SHARES

    महेन्द्रनगर । कञ्चनपुरमा ट्रकको ठक्करबाट प्रहरी हवल्दारको मृत्यु भएकाे छ ।

    पूर्व-पश्चिम राजमार्ग अन्तरगत बेदकोट नगरपालिका-१ चम्फापुरमा पश्चिम महेन्द्रनगर बजारबाट पूर्वतर्फ गइरहेको से १ च १४०६ नम्बरको ट्रकले लु १२ प ५१५ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा नेपाल प्रहरीमा कार्यरत प्रहरी हवल्दार राम बहादुर बिष्टको मृत्यु भएको हो ।



    ट्रककाे ठक्करबाट प्रहरी हवल्दार बिष्टकाे घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।



    शुक्लाफांटा नगरपालिकाको झलारीस्थित घरबाट कार्यरत प्रहरी चौकी दोधाराचादँनी झुलुङ्गे पुल जाने क्रममा आइतबार दिउँसो प्रहरी हवल्दार बिष्टलाई टक्कर दिएको हो ।

    मोटरसाइकललाई ठक्कर दिने ट्रक र ट्रक चालकलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक अमर बहादुर थापा क्षेत्रीले जानकारी दिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार