Online Nepal
  • सोमबार, २४ बैशाख २०८१
  • नेपालमा पछिल्लाे २४ घण्टाकाे काेराेना अपडेट

    १०२४ जनामा संक्रमण, २२०६ जना डिस्चार्ज, १० जनाकाे मृत्यु

    १०२४ जनामा संक्रमण, २२०६ जना डिस्चार्ज, १० जनाकाे मृत्यु

    अनलाइन नेपाल
  • शनिबार, २० मंसिर २०७७
  • 2K
    SHARES

    काठमाडौं । नेपालमा आज थप १ हजार २४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

    योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २ लाख ३९ हजार ८८५ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।



    यस्तै बितेको २४ घण्टामा २ हजार २०६ जना कोरोना भाइरस संक्रमण मुक्त भएका छन् ।



    योसँगै हालसम्म निको हुनेको कुल संख्या २ लाख २४ हजार ५३ पुगेको छ । यसैगरी आजसम्म देशभर सक्रिय संक्रमितको संख्या १४ हजार २२५ रहेको छ ।

    नेपालमा पछिल्लो २४ घण्टामा थप १० जनाको कोरोना संक्रमितकाे मृत्यु भएको छ ।

    याेसँगै नेपालमा कोरोना भाइरसकाे संक्रमणबाट मृत्यु हुनेकाे संख्या १ हजार ५ सय ७७ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ ।

    यस्तै हिजाे नेपालमा १ हजार २७२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको थियाे ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार