Online Nepal
  • बुधबार, २६ बैशाख २०८१
  • विवाह गर्न लागेकी श्वेताले भनिन्, ‘जीवनको नयाँ पानाहरुमा भुल्दै छु म’

    विवाह गर्न लागेकी श्वेताले भनिन्, ‘जीवनको नयाँ पानाहरुमा भुल्दै छु म’

    अनलाइन नेपाल
  • सोमबार, २२ मंसिर २०७७
  • 3.2K
    SHARES

    काठमाडाैँ । अभिनेत्री श्वेता खड्का विवाह बन्धनमा बाँधिदै छिन् । धनगढीका विजयेन्द्रसिंह रावतसँग उनले आज (सोमबार) लगनगाँठो कस्न लागेकी हुन् । काठमाडौँको गोकर्ण फरेष्ट रिसोर्टमा विवाहको कार्यक्रम आयोजना गरिएको छ ।

    विवाहकै दिन श्वेताले आफ्नो फेसबुक अकाउन्टमा आफ्नो मेहेन्दी कार्यक्रमका केही तस्बिर सार्वजनिक गरेकी छिन् । फोटो सेयर गर्दै उनले लेखेकी छिन्, ‘ मेहेन्दीको रङहरुसँगै खुल्दै छु म, जीवनको नयाँ पानाहरुमा भुल्दै छु म…’



    कोरोनाको कहरका कारण कडा सुरक्षाका बीच उनको र विजयन्द्रको विवाह समारोह आयोजना गरिएको छ । विवाहमा दुबै तर्फका नजिकका सिमित व्यक्तिको मात्र उपस्थिती रहने बताइएको छ ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार