Online Nepal
  • सोमबार, १७ बैशाख २०८१
  • दरबारमार्गमा इन्भेष्टमेन्ट बैंकको एटिएम बुथ तोडफोड गर्दागर्दै पक्राउ

    दरबारमार्गमा इन्भेष्टमेन्ट बैंकको एटिएम बुथ तोडफोड गर्दागर्दै पक्राउ

    अनलाइन नेपाल
  • शनिबार, २७ मंसिर २०७७
  • 3.1K
    SHARES

    काठमाडौं । दरबारमार्गस्थित नेपाल इन्भेष्टमेन्ट बैंकको एटिएम बुथ तोडफोड गरिरहेको अवस्थामा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

    काठमाडौं कपन बस्ने खोटाङ घर भएका ३० वर्षीय आनन्द तामाङलाई शनिबार दिउँसो एटिएम बुथ तोडफोड गरिरहेको अवस्थामा प्रहरीले पक्राउ गरेको हो ।



    उनलले  एटिएम बुथ तोडफोड गर्दै गरेको अवस्थामा महानगरीय प्रहरी वृत्त दरबारमार्गबाट खटिएको प्रहरीले फेला पारी पक्राउ गरेको हो ।



    तोडफोडबाट बुथको दाँया भागको शिशा फुटेको र एक थान सिसिटिभिमा क्षति पुगेको छ ।

    यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार