Online Nepal
  • सोमबार, २४ बैशाख २०८१
  • पछिल्लाे २४ घण्टाकाे काेराेना अपडेट

    ८३० जनामा संक्रमण पुष्टि, १५०० जना डिस्चार्ज

    ८३० जनामा संक्रमण पुष्टि, १५०० जना डिस्चार्ज

    अनलाइन नेपाल
  • आइतबार, २८ मंसिर २०७७
  • 3.3K
    SHARES

    काठमाडौं । नेपालमा आज थप ८३० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

    योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २ लाख ४८ हजार ४२३ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।



    यस्तै बितेको २४ घण्टामा १ हजार ५०० जना कोरोना संक्रमण मुक्त भएका छन् ।



    योसँगै हालसम्म निको हुनेको कुल संख्या २ लाख ३५ हजार ७३१ पुगेको छ । यसैगरी आजसम्म देशभर सक्रिय संक्रमितको संख्या १० हजार ९९४ रहेको छ ।

    नेपालमा पछिल्लो २४ घण्टामा थप ९ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।

    याेसँगै नेपालमा कोरोना भाइरसकाे संक्रमणबाट मृत्यु हुनेकाे संख्या १ हजार ६ सय ९८ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ।

    यस्तै हिजाे नेपालमा ८९९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको थियाे ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार