Online Nepal
  • मंगलबार, १८ बैशाख २०८१
  • काठमाडौं उपत्यकामा थपिए ३ सय १ काेराेना संक्रमित

    काठमाडौं उपत्यकामा थपिए ३ सय १ काेराेना संक्रमित

    अनलाइन नेपाल
  • बुधबार, १ पुष २०७७
  • 2.6K
    SHARES

    कीर्तिपुर, चम्पादेवीबाट देखिएको काठमाडौं उपत्यका । तस्बिर : रासस

    काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा १६३ महिला र २२८ पुरुष गरी ३ सय ९१ जना कोरोना संक्रमित थपिएका छन्। योसँगै उपत्यकामा काेराेना संक्रमितकाे संख्या १ लाख १६ हजार ९ सय ४२ पुगेकाे छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार  काठमाडौंमा २९४ , ललितपुरमा ७७ र भक्तपुरमा २० जनालाई  कोरोना संक्रमण देखिएको छ। त्यसैगरी, आज काठमाडौंमा ३ जना कोरोना संक्रमितको मृत्यु भएको छ।



    हालसम्म काठमाडौंमा मात्र ९३ हजार ७९६ जना संक्रमित भएका छन्, जसमध्ये ४५० जनाको मृत्यु भएको छ। हालसम्म ८९ हजार १७९  जना निको भएका छन्।ललितपुरमा १४ हजार ५९८ जना संक्रमित भएका छन्।



    जसमा १३७ जना संक्रमितको मृत्यु भएको छ। ललितपुरमा १३ हजार ६९९ जना निको भएका छन्। भक्तपुरमा ८ हजार ५४८ संक्रमितमध्ये ९७ जनाको मृत्यु भएको छ। हालसम्म ८ हजार १०० जना निको भएका छन्।

    आज काठमाडौमा ४ हजार १६७ ललितपुरम ७६२ र भक्तपुरमा ३५१ जना संक्रमित रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार