Online Nepal
  • मंगलबार, १८ बैशाख २०८१
  • काठमाडौं उपत्यकामा थपिए ३६३ काेराेना संक्रमित

    काठमाडौं उपत्यकामा थपिए ३६३ काेराेना संक्रमित

    अनलाइन नेपाल
  • बिहिबार, २ पुष २०७७
  • 1.7K
    SHARES

    काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं १५२ महिला र २११ पुरुष गरी ३६३ जना कोरोना संक्रमित थपिएका छन्। योसँगै उपत्यकामा एक लाख १७ हजार ३०५ जना व्यक्ति संक्रमित भएका छन्।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार  काठमाडौंमा २७३ , ललितपुरमा ४९ र भक्तपुरमा ४१ जनालाई  कोरोना संक्रमण देखिएको छ। त्यसैगरी, आज काठमाडौंमा २ जना र ललितपुरमा २ जना गरी ४ कोरोना संक्रमितको मृत्यु भएको छ।



    हालसम्म काठमाडौंमा मात्र ९४ हजार ६९ जना संक्रमित भएका छन्, जसमध्ये ४५२ जनाको मृत्यु भएको छ। हालसम्म ८९ हजार ५३०  जना निको भएका छन्। ललितपुरमा १४ हजार ६४७ जना संक्रमित भएका छन्।



    जसमा १३९ जना संक्रमितको मृत्यु भएको छ। ललितपुरमा १३ हजार ७७३ जना निको भएका छन्। भक्तपुरमा ८ हजार ५८९ संक्रमितमध्ये ९७ जनाको मृत्यु भएको छ। हालसम्म ८ हजार १५९ जना निको भएका छन्।

    आज काठमाडौंमा ४ हजार ८७ ललितपुरमा ७३५ र भक्तपुरमा ३५१ जना संक्रमित रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार