Online Nepal
  • आइतबार, २३ बैशाख २०८१
  • वामदेव गौतमले भने-ओलीको संसद् विघटनको प्रस्तावमा मेरो विरोध वा समर्थन केही छैन

    वामदेव गौतमले भने-ओलीको संसद् विघटनको प्रस्तावमा मेरो विरोध वा समर्थन केही छैन

    अनलाइन नेपाल
  • आइतबार, ५ पुष २०७७
  • 3K
    SHARES

    काठमाडौँ । सत्तारुढ दल नेकपाका उपाध्यक्ष वामदेव गौतमले संसद् विघटनको सरकारको कदममा आफ्नो विरोध वा समर्थन केही नभएको बताएका छन् ।

    नेता गौतमले समाजिक सञ्जाल मार्फत भनेका छन्, ‘संसद् विघटनको सरकारको यो कदममा न मेरो समर्थन छ, न मेरो विरोध छ । नो कमेन्ट ।’



    त्यस्तै प्रधानमन्त्री केपी शर्मा ओली संसद विघटनको सिफारिस लिएर राष्ट्रपति कार्यालय पुगेका छन् । प्रधानमन्त्री ओली, राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शीतल निवास पुगेका हुन् ।



    प्रधानमन्त्री ओलीले आइतबार बिहान आकस्मिक रूपमा बालाएकाे मन्त्रिपरिषद् बैठकले संसद् विघटनका लागि सिफारिस गर्ने निर्णय गरेकाे थियाे ।

    सरकारले सिफारिस गरेअनुसार राष्ट्रपतिले विघटन गरेमा प्रतिनिधिसभा भंग हुनेछ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार