Online Nepal
  • आइतबार, १६ बैशाख २०८१
  • सहमति उल्लंघन गर्दै भारतद्वारा महाकाली नदीमा एकतर्फी तटबन्ध निर्माण

    सहमति उल्लंघन गर्दै भारतद्वारा महाकाली नदीमा एकतर्फी तटबन्ध निर्माण

    अनलाइन नेपाल
  • मंगलबार, २१ पुष २०७७
  • 2.7K
    SHARES

    फाइल तस्विर

    काठमाडौं । दार्चुलाको महाकाली नगरपालिका–५, गल्फैरभौरादगढमा महाकाली नदीको प्राकृतिक बहाव अवरुद्ध पारेर गैरकानुनी रूपमा निर्माणाधीन तटबन्धको काम रोक्न पटक–पटक गरिएको नेपालको आग्रहलाई भारतले बेवास्ता गरेको छ ।

    अन्तर्राष्ट्रिय सन्धिरसम्झौता उल्लंघन गर्दै महाकाली नदीपारि एकतर्फी तटबन्ध निर्माण कार्य थालेपछि गृह मन्त्रालयको सिफारिसमा परराष्ट्र मन्त्रालयले दिल्लीस्थित नेपाली दूतावास हुँदै भारतलाई पछिल्ला तीन सातामा दुईवटा कूटनीतिक पत्र पठाएको थियो ।



    परराष्ट्र स्रोतका अनुसार एकतर्फी रूपमा तटबन्ध निर्माण गरेर विगतका सहमति उल्लंघन भएको विषयमा ध्यानाकर्षण भएको जनाउँदै भारत सरकारलाई पत्र पठाइएको छ । तर, भारतले पत्रको जवाफ नपठाएको स्रोत बताउँछ ।



    परराष्ट्रले दूतावासलाई तटबन्ध निर्माण तत्काल रोक्ने गरी आवश्यक पहल गर्न भनेको छ । यसमा पनि ठोस उपलब्धि हासिल भएको छैन । दिल्लीस्थित नेपाली राजदूत नीलाम्बर आचार्यले महाकाली नदीसँग सम्बन्धित भारतीय निर्माणाधीन तटबन्धका विषयमा परराष्ट्रबाट केही पत्र आएको बताए ।

    ‘यस विषयमा स्थानीय प्रशासनबाट गृह हुँदै परराष्ट्रले केही पत्र पठाएको छ,’ आचार्यले भने, ‘थप विषय पत्र हेरेपछि मात्रै भनौंला ।’

    आचार्यले नेपालबाट आएको पत्रको जवाफ भारतले दिएरनदिएकोबारे पनि बोल्न चाहेनन् । पछिल्लो समय के–कस्तो विकास भएको छ भन्ने बारेमा आफुले बुझ्नु पर्ने आचार्यले भने । कान्तिपुर दैनिकबाट

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार