Online Nepal
  • सोमबार, १७ बैशाख २०८१
  • २४ घण्टामा देशभर थपिए ५२२ काेराेना संक्रमित, ५७८ जना डिस्चार्ज

    २४ घण्टामा देशभर थपिए ५२२ काेराेना संक्रमित, ५७८ जना डिस्चार्ज

    थप ८ जनाको मृत्यु

    अनलाइन नेपाल
  • मंगलबार, २१ पुष २०७७
  • 2.2K
    SHARES

    काठमाडौं । नेपालमा आज थप ५२२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २ लाख ६२ हजार ७८४ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

    यस्तै बितेको २४ घण्टामा ५७८ जना कोरोना संक्रमण मुक्त भएका छन् । योसँगै हालसम्म निको हुनेको कुल संख्या २ लाख ५५ हजार ६६६ पुगेको छ ।



    यसैगरी आजसम्म देशभर सक्रिय संक्रमितको संख्या ५ हजार २२५ रहेको छ ।



    नेपालमा पछिल्लो २४ घण्टामा थप ८ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । याेसँगै नेपालमा कोरोना भाइरसकाे संक्रमणबाट मृत्यु हुनेकाे संख्या १ हजार ८ सय ९३ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ।

    यस्तै हिजाे ४०३ जनामा काेराेना भाइरसकाे संक्रमण पुष्टि भएकाे थियाे ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार