Online Nepal
  • शनिबार, १५ बैशाख २०८१
  • क्रिकेटर विनोद भण्डारी कोरोना मुक्त

    क्रिकेटर विनोद भण्डारी कोरोना मुक्त

    अनलाइन नेपाल
  • बुधबार, २२ पुष २०७७
  • 6.4K
    SHARES

    काठमाडौं । राष्ट्रिय क्रिकेट टीमका विकेटकिपर ब्याट्सम्यान विनोद भण्डारीले कोरोना भाइरस कोभिड–१९ संक्रमणबाट मुक्त भएका छन् । सामाजिक सञ्जाल मार्फत २१ दिनको आइसोलेसन बसाईपछि कोरोना मुक्त भएकोमा विनोदले खुसी व्यक्त गरेका छन् ।

    विनोदलाई गत मंसिर अन्तिममा चितवनको भरतपुरमा भएको गौतमबुद्ध कप प्रतियोगितापछि कोरोना संक्रमण देखिएको थियो ।



    धुर्मुस सुन्तली फाउन्डेसनले जनस्तरबाट निर्माण गरि रहेको नमुना मैदानमा बागमती प्रदेशले आयोजना गरेको गौतम बुद्ध कप प्रतियोगितामा विनोदले राप्तीको कप्तानी गरेका थिए ।



    सोमबारमात्र राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान समेत रहेका पारस खड्काले पनि २५ दिन पछि कोरोना संक्रमणबाट मुक्त भएका थिए । कप्तान ज्ञानेन्द्र मल्ल, रोहित कुमार पौडेल र दीपेन्द्रसिंह ऐरी पनि गत मंसिरमा कोरोना संक्रमण मुक्त भएका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार