Online Nepal
  • बुधबार, २६ बैशाख २०८१
  • माइक्रोबस र मोटरसाइकल ठोक्किँदा तीन जनाको मृत्यु, १० जना घाइते

    माइक्रोबस र मोटरसाइकल ठोक्किँदा तीन जनाको मृत्यु, १० जना घाइते

    अनलाइन नेपाल
  • मंगलबार, ६ माघ २०७७
  • 1.9K
    SHARES

    सांकेतिक तस्बिर

    काठमाडौं । सुनसरीमा माइक्रोबस र मोटरसाइकल एकआपसमा ठोक्किँदा तीन जनाको मृत्यु भएको छ ।

    सुनसरीको दुहबी–इनरुवा सडकखण्डमा मंगलबार दिउँसो दुहबीबाट ईनरुवातर्फ जाँदै गरेको प्र १–०२–००१ ज ३८६८ नम्बरको माइक्रोबस र दुहवीतर्फ आउँदै गरेको को ३४ प ४६९४ मोटरसाइकल ठोक्किँदा तीन जनाको मृत्यु भएको प्रदेश ट्राफिक प्रहरी कार्यालय इटहरीले जनाएको छ ।



    प्रदेश ट्राफिक प्रहरी कार्यालय इटहरीका अनुसार मृत्यु हुनेमा मोटरसाइकल चालक सुनसरी इनरुवा–३ का ४४ वर्षीय बिर्ख मण्डल र माइक्रोबसका सहचालक सप्तरी राजविराज–१ का २२ वर्षीय शंकर यादव रहेका छन् । अर्का मृतकको पहिचान खुलेको छैन ।



    दुर्घटनामा दश जना सामन्य घाइते भएका छन् । घाइतेको स्थानीय मेडिकलमा उपचार भइरहेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार