Online Nepal
  • बुधबार, २६ बैशाख २०८१
  • सिन्धुपाल्चोकबाट काठमाडौँ आउँदै गरेको माइक्रो सडकबाट खस्यो, १९ घाइते

    सिन्धुपाल्चोकबाट काठमाडौँ आउँदै गरेको माइक्रो सडकबाट खस्यो, १९ घाइते

    अनलाइन नेपाल
  • मंगलबार, २३ कार्तिक २०७८
  • 1.4K
    SHARES

    फाइल फोटो

    काठमाडौँ । सिन्धुपाल्चोक जिल्लाको साँगाचोकअन्तर्गत पोखरेमा आज अपराह्न माइक्रोबस दुर्घटना हुँदा १९ घाइते भएका छन् ।

    जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका अनुसार घाइते सबैलाई लाई काभ्रेको धुलिखेल अस्पतालमा पठाइएको र ती मध्ये एकको अवस्था गम्भीर रहेको छ।



    सिन्धुपाल्चोकको चौताराबाट काठमाडैँ आउँदै गरेको बा२ख २६१२ नम्बरको माइक्रो बस अनियन्त्रित भई सडकबाट करिब आठ मिटर तल खसेर दुर्घटना भएको प्रहरीले जनाएको छ ।



    बसका तीन बालबालिकासहित २० जना सवार रहेकोमा एक जना मात्रै सकुशल रहेका छन् ।

    दुर्घटनाको बारेका थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार