Online Nepal
  • शनिबार, १५ बैशाख २०८१
  • माइक्रोबस दुर्घटना हुँदा ८ यात्रु घाइते, चारको अवस्था गम्भीर

    माइक्रोबस दुर्घटना हुँदा ८ यात्रु घाइते, चारको अवस्था गम्भीर

    अनलाइन नेपाल
  • बिहिबार, १५ चैत्र २०८०
  • 1.3K
    SHARES

    चितवन । नारायणगढ-मुग्लिन सडकको भरतपुर महानगरपालिका-१ रामनगरमा आज बिहीबार बिहान माइक्रोबस दुर्घटना हुँदा आठजना यात्रु घाइते भएका छन् ।

    भरतपुर-१ रामनगरमा ट्राफिक प्रहरीले जाँचका लागि रोकिराखेको बागमती प्रदेश ०१-००६ ख ४८८८ नम्बरको बसमा ग २ ख २२५ नम्बरको माइक्रोबस अनियन्त्रित भई ठक्कर खाएको हो ।



    रामनगरमा नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय अगाडि सुरक्षा जाँच भइरहँदा बिहान ५ बजे उक्त दुर्घटना भएको प्रहरीले जनाएको छ ।



    उनीहरूको भरतपुरका विभिन्न अस्पतालमा उपचार भइरहेको छ । दुर्घटनामा स्थानीय कमलबहादुर न्यौपानेको घरमा सञ्चालित मोटरसाइकल ग्यारेजमा समेत क्षति पुगेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार